शिक्षक सेवा आयोग: अध्यक्ष र सदस्य पदका लागि परेका दरखास्त स्वीकृत


काठमाडौँ । ​शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये मापदण्ड पुगेका आवेदकहरूको दरखास्त स्वीकृत गरिएको छ।

आयोगले गत साउन  १ गते प्रकाशन गरेको सूचनाअनुसार हिजो शुक्रबारसम्म परेका दरखास्तहरूमाथि शिक्षा ऐन, २०२८ मा तोकिएका सर्तहरू बमोजिम छानबिन गरी सिफारिस समितिको निर्णयअनुसार नामावली सार्वजनिक गरेको हो । 

आयोगका प्रशासकीय प्रमुख हरिप्रसाद निरौलाले जारी गरेको सूचना अनुसार अध्यक्ष पदका लागि परेका ६ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको छ। अध्यक्ष पदमा मधुसूदन अधिकारी, रघुराम विष्ट, डा.रोजनाथ पाण्डे, डा.हरिप्रसाद लम्साल, यादवप्रसाद कोइराला र सुरेश अधिकारीको दरखास्त स्वीकृत भएको छ ।