साउन २४ गते नेपाल आउने तयारीमा शेरबहादुर देउवा


काठमाडौँ । उपचारको क्रममा हङकङमा रहेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २४ गते नेपाल आउने भएका छन् ।

साउन २९ देखि ३१ गतेसम्म कांग्रेस संस्थापन इतर पक्षले काठमाडौंमा राष्ट्रिय भेला गर्दैछ । उक्त भेलालाई सम्बोधन गर्नेगरी देउवा नेपाल आउने तयारी रहेको उनीनिकट स्रोतले बतायो ।

साउन २९ देखि ३१ गतेसम्म कांग्रेस संस्थापन इतर पक्षले काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । आज पत्रबार सम्मेलन गर्दै डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति समेत गठन गरिएको जानकार्रीसमेत दिइएको छ ।

देउवा गत ७ चैत २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी १३ फागुन २०८२ को राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका थिए।