काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ‘ब्रोड पिक’को हिमपहिरोमा ज्यान गुमाएका निर्मला पुर्जासहितका नेपाली आरोहीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
शनिबार फेसबुकमार्फत प्रधानमन्त्री बालेनले मृत्युले आरोहीको भौतिक यात्रा मात्रै रोकिएको टिप्पणी गर्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने बताएका छन् । “निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ,” उनले भनेका छन् ।




प्रतिक्रिया