दीपमाला बनिन् मिस नेपाल–२०२६



काठमाडौं । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् । द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा अन्य २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् ।

आर्या निशान्त मिस नेपाल इन्टरनेसनल र कोसिस सुब्बा मिस नेपाल कस्मो घोषित भएका छन् ।