जनकपुरधाम । जनकपुरमा भएको सरकारी पक्ष र आन्दोलनरत हिन्दुवादी मोर्चाबीच सहमति भएको छ ।
शनिबार भएको दुई चरणको वार्तापछि सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिए ।
वार्तामा आन्दोलनरत पक्षले हिन्दू राष्ट्र कायमसहित १३ बुँदे मागपत्र राखेका थिए ।
सोही अनुसार नेपाल सरकारले काम गर्नेगरी दुवै पक्षबीच सहमति भएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले जानकारी दिए ।
माग पत्र बुझाएसँगै मोर्चाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू (बन्द हडताल सहित) स्थगित गर्ने घोषणा गरेको छ, जसअनुसार भोलिदेखि पूर्वघोषित बन्द तथा आन्दोलनका कार्यक्रमहरू पूर्ण रूपमा फिर्ता र स्थगित हुने भएका छन् ।






प्रतिक्रिया