काठमाडौँ । सुनसरी घट्नापछि तनाव उत्पन्न भएको पूर्वीतराई र मधेसको अवस्था सामान्य भएपछि गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन् । उनी आइतबार साँझ काठमाडौँ फर्किएका हुन्।
सुनसरीको कप्तानगञ्ज र सिरहा लगायत मधेसका जिल्लाहरूमा साम्प्रदायिक विवाद बढ्दै गएपछि उनी त्यसतर्फ प्रस्थान गरेका थिए। उनले सुनसरीको देवानगञ्ज पुगेर सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ओमप्रकाश मेहता र उपचारका क्रममा मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट सहमति जुटाएका थिए ।
त्यस्तै, सिरहाको गोलबजारमा पनि पुगेर गणेश यादवकाृ परिवारलाई भेटेर सहमति राएक थिए । उनले आजमात्रै हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति गरे ।
सहमतिसँगै संगठनले यसअघि घोषणा गरेका नेपाल बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।
सबै आन्दोलन स्थगित भएसँगै गृहमन्त्री गुरुङ आज काठमाडौँ फर्किएका हुन्।




प्रतिक्रिया