काठमाडौं । धनुषामा लगाइएको निषेधाज्ञा भोली(सोमबार) बिहान ५ बजेदेखि हट्ने भएको छ ।
शनिबार बिहान १० बजेदेखि जारी गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार साँझ सूचनामार्फत जानकारी गराएको छ ।
आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको र सुरक्षा अवस्था तथा जनजीवनन सामान्यीकरण तर्फ उन्मुख भएकोले पछिल्लो सुरक्षा अवस्थालाई विश्लेषण गरी निषेधाज्ञा हटाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको सूचनामा उल्लेख छ ।





प्रतिक्रिया