निवासबाटै पक्राउ गरेका दुर्गा प्रसाईंलाई कहाँ राखियो ?


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुर निवासबाटै पक्राउ गरेको हो ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचार मानिने लोकतन्त्रमा नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको आरोप लगाएका थिए ।

उनले वर्तमान सरकारविरुद्ध आन्दोनल गर्ने घोषणासमेत गरेका थिए । उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन् ।

प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।