काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा मंगलबार बिहान निधन भएका रवीन्द्र मेहताका आफन्तसँग गृहमन्त्री सुधन गुरुङले छलफल गरेका छन् ।
उनले त्रिवि शिक्षण अस्पतालमा पुगेर उनका आफन्तसँग छलफल गरेका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार, भोलि पुन:दोस्रो चरणमा छलफल हुने भएको छ ।
उनको शव पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मृतकका बुवा–आमा आएपछि पुनस् छलफल गर्नेगरी आजको छलफल सकिएको बुझिएको छ ।




प्रतिक्रिया