एउटा फोटोले जिताउन सक्छ नयाँ अथर स्कुटर, कसरी सहभागी हुने ?


काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड अथर इनर्जी नेपालले ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ का अवसरमा आगन्तुकलाई लक्षित गर्दै पुनः मेगा उपहार योजना सञ्चालन गर्ने भएको छ। यस योजनाअन्तर्गत एक जना भाग्यशाली सहभागीले नयाँ एथर स्कुटर जित्न सकिनेछ ।

कम्पनीका अनुसार गत वर्ष सञ्चालन गरिएको यस्तै अभियानमार्फत सालिकराम कँडेलले एथर रिज्टा स्कुटर जित्न सफल भएका थिए। सहभागीबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र सकारात्मक सहभागितापछि यस वर्ष पनि उक्त सामाजिक सञ्जाल अभियानलाई निरन्तरता दिइएको हो।

कसरी सहभागी हुने?

प्रतियोगितामा सहभागी हुन इच्छुक आगन्तुकले निम्न चार चरण पूरा गर्नुपर्नेछ:

अथर इनर्जी नेपालका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्ने ।
– नाइमा मोबिलिटी एक्स्पो २०२६ अन्तर्गत Hall C, Stall C2 मा रहेको अथर स्थलमा जानुपर्ने ।
– अथर स्कुटरसँग एउटा आकर्षक फोटो खिच्ने।
उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै @AtherEnergyNepal लाई Tag गर्ने तथा आफ्ना दुई जना साथीलाई पनि Tag गर्ने।

कम्पनीका अनुसार यस वर्षको अथर स्टललाई विद्युतीय सवारीको भविष्य नजिकबाट अनुभव गराउने उद्देश्यले विशेष रूपमा तयार गरिएको छ। आगन्तुकले अथरका नवीनतम प्रविधि, स्मार्ट सुविधा तथा बुद्धिमान् विद्युतीय आवागमनसम्बन्धी समाधान प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ आगामी अगस्ट ११ देखि १६ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । प्रदर्शनी अवधिभर ‘हल–सी’ को ‘स्टल–सी२’ मा रहेको एथर स्टलमा पुगेर आगन्तुकले नयाँ उत्पादन अवलोकन गर्नुका साथै मेगा उपहार योजनामा सहभागी भई नयाँ अथर स्कुटर जित्ने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।