पोखरामा पनि ग्यासको अभाव, उपभोक्ताहरू लाइनमा


पोखरा । पछिल्लो केही दिन यता देशैभर खाना पकाउने ग्यासको अभाव देखिएको छ । उपभोक्ताहरू ग्यास पसल तथा डिपोहरूमा लाइन लाग्ने गरिरहेका छन् ।

नेपाल आयल निगमले भने ग्यासको अभाव नभएको बताइरहेका छन् भने ग्यासको नपाएमा हटलाइन नम्बरमा सम्पर्क गर्न भनिरहेका छन् ।

यसैबीच पोखरामा पनि ग्यासको चरम अभाव देखिएको छ । पोखराको रत्नचोकमा ग्यास भर्न बिहानैदेखि उपभोक्ताहरू लाइनमा लागेका छन् । ‘बिहानै पाँच बजेदखि लाइनमा बसेको छु । अहिलेसम्म पालो आएको छैन । अब पालो आउँछ होला,’ लाइनमा बसीरहेका एकजना उपभोक्ताले भने ।