काठमाडौं । आज बिहान रौतहटको चन्द्रपुर नगरपालिका–४, धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेकोे ट्यांकर पल्टिएको छ । मृग जोगाउने क्रममा ट्यांकर पल्टिएपछि आगलागी भएको थियो । आगलागी सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले दमकलको सहयोगमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।
सशस्त्र प्रहरीका अनुसार बाराको अमलेखगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर सडकछेउमा पल्टिएको थियो ।
उक्त आगलागीबाट ट्यांकर पूर्ण रूपमा जलेकोे छ भने मानवीउ क्षती नभएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया