कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत : कसकाे तलब कति ?


काठमाडौँ । राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत गरेको हो ।

अर्थ मन्त्रालयले साउन ६ गते पठाएको नयाँ तलबमान क्याबिनेटले १५ दिनपछि स्वीकृत गरेर पठाएको हो ।

जस अनुसार अब सबैभन्दा बढी मुख्य सचिवले ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन् भने सबैभन्दा कम प्रथम स्तरका कार्यालय सहयोगीले २८ हजार ९ सय ८४ रुपैयाँ पाउनेछन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत साउनदेखि लागु हुनेगरी कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ता भनेर १० प्रतिशत बृद्धि गरेको घोषणा गरेका थिए ।