प्रतिनिधि सभाको एक महिनाको क्यालेन्डर सार्वजनिक


काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको क्यालेन्डर सार्वजनिक भएको छ । सचिवालयले सार्वजनिक गरेको क्यालेन्डरमा साउन १५ देखि भदौ १५ गतेसम्ममा प्रतिनिधि सभाको बैठक कुल १० दिन बस्नेछ।

कार्यतालिका अनुसार साउन महिनामा अब ४ दिन र भदौको पहिलो १५ दिनमा ६ दिन गरी जम्मा १० दिन संसद् बैठकका लागि दिन तय गरिएको छ।

सम्भावित कार्यतालिका अनुसार साउन महिनामा २२, २४, २५ र २६ गते बैठक बस्नेछ । भदौ महिनामा १५ गतेसम्म १, २, ३, ८, ९ र १० गते बैठक बस्नेछ ।

कार्यतालिका अनुसार साउन २४ र भदौ ४, ५, ६ र ७ गते भने संसदीय समितिका बैठकहरूका लागि समय छुट्याइएको छ, जसका कारण ती दिनहरूमा प्रतिनिधि सभाको पूर्ण बैठक नबस्ने भएको छ ।