भारतीय सेनाका प्रमुख जनरल नेपालमा आउँदै 


काठमाडौँ । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ नेपाल भ्रमणमा आउने भएका छन्।

पाँचदिने औपचारिक भ्रमणका लागि उनी साउन ३१ गते काठमाडौँ आइपुग्ने भएका हुन्।

गत असार १५ मा भारतीय सेनाको ३१औँ सेना प्रमुख बनेका जनरल सेठ नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।