काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ।
काठमाडौँको डल्लुस्थित खनाल निवासमा आज भएको भेटमा वर्तमान राजनीतिक परिस्थिति, मुलुकमा देखिएको अन्योलपूर्ण अवस्था, जनअधिकारको रक्षा तथा राष्ट्रियतालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
भेटका क्रममा देशको स्वाधीनताको संरक्षण, राजनीतिक अन्योलको अन्त्य तथा राष्ट्रिय हितका सवालमा साझा पहल आवश्यक रहेको निष्कर्षसहित देशभक्त, लोकतान्त्रिक तथा वामपन्थी शक्तिबिच व्यापक एकताको आवश्यकता रहेको विषयमा समेत दुई नेताबिच छलफल भएको बुझिएको छ ।




प्रतिक्रिया