काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघिको फैसला पुनरवलोहन गर्न अनुमति दिएको छ।
बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले यसअघिको फैसला पुनरवलोकन गर्न अनुमति हुने आदेश दिएको हो।
पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका थिए।
यसअघि सर्वोच्च अदालतले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको थियो ।




प्रतिक्रिया