काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । बिहीबार दिउँसो ३ बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ४८ हजार ८६५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए ।
योसँगै ब्यारेजका ३४ ढोका खोलिएको छ । हाल कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ ।
कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।




प्रतिक्रिया