कांग्रेस देउवा समूहले पत्रकार सम्मेलन गर्दै


काठमाडौँ । नेपाली कांग्रेसको पूर्वसभापति शेर बहादुर देउवा समूहले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको कार्यालय, चुनदेवीमा शुक्रबार दिउँसो २:३० बजे पत्रकार सम्मेलन गर्न लागेको हो।

समितिका संयोजक डा. शशांक कोइरालाले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

बिहीबार सर्वोच्च अदालतले संस्थापनइतर समूहले दायर गरेको रिटमा पुन:सुनुवाई गर्न आदेश दिएपछि कोइरालाले पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ।