बागमती सरकारमा सहभागी नहुने राप्रपाकाे निर्णय


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ।

संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणको गणितीय चलखेलमा सामेल नहुने र सरकार गठनको दौडमा नरहने निर्णय गरेको हो।

कांग्रेससँगको गठबन्धन तोड्दै एमाले र नेकपाको सरकार बनाउँदा उनीहरूले राप्रपासँग सहयोग मागेका थिए। यसअघि राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पनि सरकारमा सहभागी नहुने निर्णय गरेको थियो।

केन्द्रको निर्णय राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरिएको हो। बागमतिमा राप्रपाको १२ जना सांसद छन् ।