हुलास स्टिलको हुलास डे २०२६’ सामुदायिक तथा दिगोपन कार्यक्रम सम्पन्न


काठमाडौं । दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास स्टिल इन्डष्ट्रिजले सिमरास्थित आफ्नो कारखाना परिसरमा ‘हुलास डे २०२६’ विविध सामुदायिक तथा दिगोपनमुखी कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रमअन्तर्गत वृक्षारोपण अभियान, कर्मचारीहरूका लागि निःशुल्क दन्त स्वास्थ्य शिविर, तथा कम्पनीका वातावरणीय, सामाजिक पहलहरू र मूल्यमान्यताबारे छलफल गरिएको थियो ।

 प्रस्तुतिमा कम्पनीको १,३१८ किलोवाट क्षमताको छानामाथिको सौर्य ऊर्जा प्रणाली, भट्टी तथा जेनेरेटरको विद्युतीकरण, आफ्नै इफ्लुएन्ट ट्रिटमेन्ट प्लान्ट, व्यवस्थित फोहोर व्यवस्थापन प्रणाली, कारखाना परिसरमा विस्तार हुँदै गएको हरित क्षेत्र, साथै आइएसओ १४००१ प्रमाणीकरण र कार्बन बोर्डर एड्जस्टमेन्ट मेकानिजम अनुरूपको तयारीलगायतका दिगोपन सम्बन्धी उपलब्धिहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट योगदान पुर्‍याएका कर्मचारीलाई सम्मान गर्दै उनीहरूको समर्पण र योगदानको उच्च कदर गरिएको थियो । यस अवसरले कर्मचारीप्रतिको सम्मान, संस्थागत उत्कृष्टता तथा दिगो विकासप्रतिको कम्पनीको प्रतिबद्धतालाई पुनः उजागर गरेको छ ।