काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजित भएसँगै नेता राम कार्कीले पनि पार्टी छाडेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीमा आफू सुरुदेखि नै कुनै पनि कार्यकारी पदमा नरहेको जानकारी दिँदै उनले मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’ अनुबन्धित रहने प्रतिबद्धता जनाएका छन् ।
‘मेरो हकमा म सुरुदेखि नै कुनै पनि कार्यकारी पदमा रहेको थिइन। हाल युवा तन्नेरीहरूको पहलमा निर्माणाधीन वैचारिक पाठशाला मार्क्सिस्ट स्कुल अफ प्राक्शिसमा अनुबन्धित रहने प्रतिबद्धता जाहेर गरिसकेकाले म यसै पाठशाला र यसका वरिपरिको काममा सीमित रहनेछु। प्रलोपामा रहँदा साथीहरूले गर्नुभएको न्यानो व्यवहारलाई सदा सम्झिरहनेछु’, कार्कीले लेखेका छन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा, पूर्वरास्वपाका नेता सन्तोष परियारलगायतले स्थापना गरेका पार्टी धेरै नेताहरूले यसअघि नै छाडिसकेका छन् ।




प्रतिक्रिया