काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तिलक पुन मगर पक्राउ परेका छन् । उनी बिहीबार राति दाङबाट पक्राउ परेको पार्टीका प्रवक्ता उदय चलाउने जानकारी दिए ।
प्रवक्ता उदय चलाउनेद्वारा शुक्रबार जारी विज्ञप्तिमा तिलकलाई घरमै बसिरहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ पुर्जीबिनै पक्राउ गरेको दाबी गरिएको छ। पार्टीले उक्त घटनाप्रति घोर आपत्ति र भर्त्सना गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले तिलकलाई तत्काल ससम्मान रिहा गर्न माग गर्दै त्यसो नगरिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।




प्रतिक्रिया