नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


कैलाली, नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका-८ बस्ने ३५ वर्षीय हरिश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । 

हरिशले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै पीडितबाट २ लाख ४० हजार रूपैयाँ असुली गरी ठगी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।