वीरगन्ज । नेपाल प्रहरीले पेट्रोलियम पदार्थ चोरी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न भएको अभियोगमा टयांकरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगन्ज महानगरपालिका–१४ बाइपास सडकखण्डस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको टयांकरबाट तेल चोरी रहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिइएकामा वीरगन्ज महानगरपालिका–३ का सुनैन मियाँ, १५ का असलम हवारी, ११ का रफिक मियाँ तथा हेटौँडा उपमहानगरपालिका–१० का केशर राम सुनार, १४ का मन्दसिंह लामा र उमेश राना मगर रहेका छन् ।
इण्डियन आयल कर्पोरेसनको बरौनी टर्मिनलबाट नेपाल आयल निगमको हवाइ इन्धन डिपो काठमाडौं पुर्याउनुपर्ने २० हजार लिटर क्षमताको टयांकरबाट तेल चोरिरहेको अवस्थामा भेटेपछि निजहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए । रासस




प्रतिक्रिया