काठमाडौं । कालिकोट पलाँता गाउँपालिकामा चिकित्सक एवं नर्समाथि अभद्र व्यवहार गर्ने र अस्पतालमा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्।
वडा नं. ९ स्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि भएको दुर्व्यवहार एवं अभद्र व्यवहार गर्ने र अस्पतालमा अनधिकृतरुप प्रवेश गरी सामानहरु तोडफोड गर्ने कार्यमा संलग्न तीन जना व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक सुरेश खत्रीले जानकारी दिए।
पलाँता अस्पतालमा मेडिकल अफिसर डा.अली हैदर रैन र नर्स शान्ता गिरीमाथि शुक्रबार दिउँसो आक्रमण भएको थियो । राति ढोका फोरेर फार्मेसीभित्र छिरी औषधि राखिएका दराज, र्याक लडाइदिएको भिडियो सीसीटीभीमा देखिएको छ।




प्रतिक्रिया