काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई जवाफ दिएका छन्। सांसद झाले फेसबुकमार्फत आज परिवर्तनका लागि जनादेश पाएको सरकारमा कोही पनि एक्लो नभएको बताएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा शुक्रबार राति ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भनी पोस्ट गरेका थिए ।
प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गर्दै नआत्तिन आग्रह गरेका थिए। सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने भन्दै उनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो पटक नभएको उल्लेख गरेका थिए।
प्रधानमन्त्रीको उक्त पोस्टको सन्दर्भमा सांसद झाले परिवर्तनको लागि महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको र आफूहरू सबै साथमा रहेको स्पष्ट पारे। हिजो सदनमा भनेझैँ सरकारको नियत र आशयमा शङ्का नरहे पनि सुधार गर्नै पर्ने केही पक्षहरू रहेको उनले उल्लेख गरे।
यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहने झाले बताएपरिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। ‘हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन,’ उनले भनेका छन् ।




प्रतिक्रिया