२३ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले देश बनाउन सबैको साथ चाहिने बताएका छन् ।
रुपन्देहीको भैरहवामा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले देश एक्लैले बनाउन नसकिने बताए । ‘देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन’, आचार्यले भने, ‘देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ ।’
उनले स्थानीय तह र प्रदेशको निर्वाचन आउँदै गरेको उल्लेख गर्दै ती निर्वाचनमा पार्टीका नेता कार्यकर्ताको साथ चाहिने बताए ।
उनले भने, ‘अब स्थानीय तह प्रदेशको निर्वाचन आउँदै छ, त्यसमा रास्वपाले तपाईँहरूको साथ खोजेको छ । बल्ल आधा वर्ष मात्रै पुग्न थालेको छ । अझै साढे ४ वर्ष पूर्णरुपमा साथ दिनुपर्ने छ । त्यसको लागि स्थानीय, जिल्ला तहबाटै काम अघि बढाउनुपर्ने छ । त्यसको समन्वय गर्ने स्थानीय तहमै रहेका नेता कार्यकर्ता र शुभेच्छुकहरूले गर्ने हो ।’




प्रतिक्रिया