काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित ठूलो भर्याङमा शनिबार भएको आगलागी नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले दमकलको सहयोगमा नियन्त्रणमा लिएको हो ।
सोही ठाउँमा रहेको मञ्जु श्री ट्रेडर्सको दोस्रो तलामा विद्युतीय तार सर्ट भई आगलागी भएको थियो । प्रहरीका अनुसार, आगलागीबाट करिब २२ लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीपछि सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलमुखी विशेष कार्यदल गणबाट खटिएको टोली नियन्त्रणमा खटिएको थियो ।
यसैगरी काठमाडौ महानगरपालिका–२७ जमलमा शनिबार नै भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया