कपिलवस्तु पूर्वमेयर सिंह सम्पर्कविहीन


कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएका छन् ।

उनी चढ्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल कपिलवस्तुको गोरुसिङ्गे जंगल भित्र फेला परे पनि व्यक्ति भने अझै नभेटिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल शुक्रबार दिउँसो पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र रोकिराखेको अवस्थामा फेला परेको थियो । उनको खोजीमा तालिमप्राप्त कुकुरसहित ८० भन्दा बढी प्रहरी र स्थानीय परिचालन गरिएको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए ।

उनी कपिलवस्तु नगरपालिकाको मेयरमा २०७४ मा कांग्रेसबाट निर्वाचित भएका थिए ।