सुनको भाउ ३ लाख नाघेर नयाँ रेकर्ड कायम


काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यले सर्वसाधारण र बजार विश्लेषकहरूलाई नै स्तब्ध बनाउँदै नयाँ कीर्तिमान कायम गरेको छ !

अघिल्लो दिन (शुक्रबार) मात्रै प्रतितोला ९ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको पहेँलो धातुको भाउ आज भने पत्याउनै नसकिने गरी ह्वात्तै बढेको छ। एकाएक ४ हजार ८ सय रुपैयाँ को भारी वृद्धि भएसँगै आज सुनको मूल्य ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेर बजारमा नयाँ तरंग सिर्जना गरेको छ।

पछिल्लो समय नियन्त्रणबाहिर झैँ बनेर निरन्तर उकालो लागिरहेको सुनको यो आक्रामक वृद्धिको ग्राफ कहाँ पुगेर रोकिने हो, त्यो भने हेर्न बाँकी नै छ। सर्वसाधारणको पहुँचभन्दा टाढा पुग्दै गरेको पहेँलो धातुको यो अचम्मलाग्दो दौड बजारका लागि एकाएक चुनौती र चासोको विषय बनेको छ !