काठमाडौं । मोरङको लेटाङ प्रहरीले ‘स्वस्थ प्रहरी सुरक्षित समाज’ अभियान चलाएको छ ।
ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक ‘इन्स्पेक्टर’ सागर साहले प्रहरी कर्मचारी स्वस्थ रहेमात्रै समाज शान्ति सुरक्षाको अनुभव पाउने भन्दै कर्मचारीको स्वस्थ्यमा विशेष ध्यान दिएका हुन् ।
साहले आफ्नो कार्यालयमा कार्यरत प्रहरी कमचारीको लागि यो अभियान चलाइएको बताएका छन् । त्यसका लागि साहले कार्यभित्र डिजिटल तराजु, बीएमआई चार्ट, अन्य शारीरिक अभ्यासका सामग्री जडान गरेका छन् ।




प्रतिक्रिया