काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ६० ग्राम सहित सोही महानगरपालिका-८ पशुपति एरिया बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय भक्त बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ धास्की डेरा गरी बस्ने चितवन घर भएका ३२ वर्षीय सुगम मैनाली समेत ५ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो २ सय १६ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मातातिर्थबाट खटिएको प्रहरीले सुगमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-८ पुरानो चौहर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ५६ मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २३ वर्षीय जय कुमार नायकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, घोडाघोडी नगरपालिका-२ नयाँबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित बर्दगोरीया गाउँपालिका-१ बस्ने २१ वर्षीय संजिप चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट साडेपानीबाट खटिएको प्रहरीले से.१ प ९४०७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बबि रानालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-३ बि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय सुमन थापा मगर समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय समिर कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, लालझाँडी गाउँपालिका-२ कंजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय कमलेश राना र २६ वर्षीय बलराम राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, बिन्दवासिनी गाउँपालिका-४ मधवलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३९ किलो २ सय ५० ग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय दिपेश तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको प्रहरीले वीरगंजबाट भिष्वातर्फ जाँदै गरेको बा.८७ प ७८७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया