भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूतसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले भारतीय राजदूत श्रीवास्तवसँग सोमबार बिहान ११ बजे भेट्ने कार्यक्रम छ । भारतीय राजदूतसँगको भेटलगत्तै उनले चिनियाँ राजदूतसँग भेटवार्ता गर्नेछन् ।