संविधानसभा सदस्य केसीको निधन


काठमाडौँ । संविधानसभा सदस्य दीपक केसीको ८५ वर्षको उमेरमा निधन भएको छ।

प्युठानका केसीको ८५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।

लामो समयदेखि वामपन्थी राजनीति र सामाजिक आन्दोलनमा सक्रिय केसी प्युठानका एक अभिभावक व्यक्तित्वका रूपमा चिनिन्थे। उनी संविधानसभा २०६४ का सदस्यसमेत हुन्।

उनको अन्त्येष्टि आज दिउँसो १२ बजेतिर प्युठानको खरिवोट नजिक झिमरुक खोलाको किनारमा गरिने परिवारले जनाएको छ।