बीपी राजमार्गमा गाडी चल्न थाले


काठमाडौँ । सडकमा लेदोसहितको पहिरो खसेपछि बन्द भएको बीपी राजमार्गमा गाडी चल्न थालेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गएराति सडक माथिबाट खसेको लेदोसहित आएको पहिरो हटाएपछि यो सडकमा सोमबार बिहान ८ बजेदेखि दुईतर्फी नै यातायात सुचारु भएको हो।

वर्षासँगै बीपी राजमार्गअन्तर्गत पर्ने काभ्रेको रोशी गाउँपालिका–९ को पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेको थियो।