सांसद ध्रुवराज राईले सदनमै ‘कुरीकुरी’ भनेपछि…


काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफूले उठाएको विषयमा सबै सांसदहरु एकजुट नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।


सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी अभिव्यक्ति सच्याउँदै राष्ट्रियताका विषयमा एक ढिक्का हुन आफूले आह्वान गरेकामा त्यस्तो नभएको बताए ।

उनले राष्ट्रिय मुद्दामा देश एक ढिक्का हुन नसक्दा नेपालीले मात्रै नभएर विश्वले ‘कुरीकुरी’ भनेको समेत बताए । उनले भने , ‘सभामुख महोदय, मैले यसअघि जुन विषयमा हामी एक ढिक्का हुनुपर्छ भनेको थिएँ । त्यसमा नेपाली मात्र नभएर भएर विश्वभरबाट कुरीकुरी भनेको हुनाले मेरो भनाइ यहीँ अन्त्य गर्छु ।’