काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित तीनवटा विधेयकहरू प्रस्तुत गरिएको छ।
बैठकमा अर्थ, कानुन र श्रम मन्त्रालयका तर्फबाट तीन विधेयकहरू सदनमा पेस गरिएको हो।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गरे ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गरिन् ।
बैठककै क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरे ।
तीनैजना मन्त्रीहरूले सम्बन्धित विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । अनुमति माग्ने प्रस्तावमा कसैले पनि कुनै सांसदले विरोधको सूचना दर्ता नगरेकाले ती विधेयकहरूले सदनमा औपचारिक रूपमा प्रवेश पाएका हुन्।




प्रतिक्रिया