जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-६ का वडाध्यक्ष दिनेशप्रसाद साहको आज निधन भएको छ ।
लामो समयदेखि बिरामी परेका उनको आज उपचारका क्रममा अस्पतालमा निधन भएको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले जानकारी दिए ।
वडाध्यक्ष साहको निधनको शोकमा आज जनकपुरधाम उपमहानगरपालिकाले बिदा दिएको थियो ।
प्रशासकीय अधिकृत यादवका अनुसार आज उपमहानगरपालिका तथा मातहतका सबै निकायमा अत्यावश्यक सेवाबाहेक सबैमा शोक बिदा दिइएको हो ।




प्रतिक्रिया