काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी सुरु गर्ने निर्णय गरेको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशनको आन्तरिक तयारीलाई तीव्रता दिने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
बैठक भोलि पनि निरन्तर चल्ने उनले बताए । मंगलबार बस्ने बैठकमा राजनीति र अन्य विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।




प्रतिक्रिया