मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने तयारी गरेको छ।
नगर कार्यपालिकाको कार्यालय उर्लाबारीले मंगलबार जारी गरेको सार्वजनिक सूचनामा नगरपालिकाले योजनाहरू सम्पन्न गर्नका लागि सहजीकरण गर्दा र मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत निर्माण कार्य पूरा गर्न व्यवसायीहरूले कुनै चासो र प्रयास नगरेको उल्लेख छ।
सार्वजनिक सूचना अनुसार ठेक्का सम्झौता किन अन्त्य नगर्ने र कारबाही प्रक्रिया किन अगाडि नबढाउने भन्ने विषयमा ठोस कारण भए लिखित जवाफ र प्रमाणसहित आधिकारिक प्रतिनिधि कार्यालयमा उपस्थित भनेको छ । तोकिएको १५ दिनभित्र मनासिब कारणसहित उपस्थित नभएमा खरिद सम्झौताको सर्त, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का अन्त्य गरी नियमानुसार थप कारबाही अघि बढाउने चेतावनी नगरपालिकाले दिएको छ।





प्रतिक्रिया