काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको नेता डा.शशांक कोइरालाले महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टीलाई पत्राचार गरेको छ ।
यही साउन २९ देखि ३१ सम्म हुने इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजकसमेत रहेका नेता कोइरालाले मंगलबार आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेका हुन् ।
‘पार्टीको आगामी १५ औं महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्काल स्थगित गरियोस्,’ पत्रमा भनिएको छ । ,
सर्वोच्चको पूर्ण इजलासबाट मुद्दाको अन्तिम फैसला नभएसम्म सम्पूर्ण सांगठनिक संरचनाहरूलाई साविककै अवस्थाम राख्दै अदालतको गरिमा र कानुनी प्रक्रियालाई पूर्ण रुपमा सहयोग र सम्मान गर्न पनि पत्रमार्फत आग्रह गरिएको छ ।
सर्वोच्चले २१ साउनमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पुनरावलोकनका लागि अनुमति प्रदान गरेको थियो । उक्त अनुमति पछि कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि नै सुनुवाइ हुने भएको छ ।







प्रतिक्रिया