सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद


भद्रपुर (झापा), २६ साउन । सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा रु १३ करोड नौ लाख १८ हजार ४४१ मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला भएको हो । सोही अवधिमा रु एक करोड ४२ लाख ११ हजार ८८ मूल्य बराबरको अवैध काठ बरामद गरी दाखिला गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए ।

प्रहरीले आठ वटा सवारीसाधनसहित एक हजार ५०७ क्युफिट काठ र ५१ थान फर्निचर बरामद गरेको थियो । अवैध उत्खनन नियन्त्रणतर्फ ८० वटा सवारीसाधन नियन्त्रणमा लिई रु २५ लाख ५० हजार जरिवाना असुल गरिएको सशस्त्र प्रहरी बल, नेपाल दुई नं. गण, झापाले जानकारी दिएको छ ।