वासिङ्टन डिसी २६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग शतप्रतिशत अमेरिकी नियन्त्रणमा भएको दाबी गर्दै इरानले गरेको क्षतिको क्षतिपूर्ति इरानले तिर्नुपर्ने बताएका छन् ।
ओभल अफिसमा पत्रकारहरूसँगको साक्षात्कारमा बोल्दै ट्रम्पले स्ट्रेट अफ हर्मुजमा अमेरिकी नौसेनाको नाकाबन्दी कायम रहेको र जलमार्ग अमेरिकी नियन्त्रणमा रहेको बताएका हुन् । इरानसँगको असमझदारीका बारेमा बोल्दै ट्रम्पले तेहरानले अमेरिकी कारबाहीका कारण भएको क्षतिपूर्तिको माग गरेको उल्लेख गर्दै वासिङ्टनले पनि इरानसँग क्षतिपूर्तिको माग गर्ने बताए ।
यसअघि, ट्रम्पले देशमा अमेरिका–इजरायली सैन्य कारबाहीका क्रममा भएको आर्थिक क्षतिपूर्तिका लागि इरानको मागलाई अस्वीकार गर्दै यसको सट्टा तेहरानलाई आफ्नै कार्यका कारण हुने हताहतका लागि जवाफदेही बनाउनुपर्ने बताएको थियो ।
सामाजिक सञ्जालमा क्षतिपूर्तिका लागि इरानको मागलाई ‘रोचक विचार’ का रूपमा वर्णन गर्दै ट्रम्पले भविष्यको कूटनीतिक वार्तामा अमेरिकाको प्रति–माग प्रस्तुत गर्ने सङ्केत गरे ।




प्रतिक्रिया