काठमाडौँ । प्रहरीमा भर्ना गरिदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका–१ घर भई हाल काठमाडौँ नयाँबजार बस्ने ४६ वर्षीय हरिबहादुर रसाईली रहेका छन्।
ठगी गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रसाईलीलाई सोमबार दिउँसो काठमाडौँको बबरमहलबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको छ।




प्रतिक्रिया