भेलामा सहभागि हुन कोइरालाले गरेको आग्रहमा खड्काले दिए यस्तो जवाफ !


काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार बिहान खड्का निवास गल्फुटारमा भेटवार्ता भएको हो ।

खड्काको निवास गोल्फुटार पुगेर कोइरालाले उनलाई यही साउन २९ ३१ गते आयोजना हुने राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका हुन्। खड्काले कोइरालको आग्रहप्रति सकारात्मक धारणा व्यक्त गरेको कोइराला सचिवालयले जनाएको छ ।

इतर समूहले पूर्वमहामन्त्री कोइरालालाई भेलाको मूल आयोजक समिति संयोजक बनाएको छ । भेलाको संयोजक कोइरालालाई तोकेपछि खड्का चुनदेवी बैठकमा उपस्थत भएका छैनन् ।

खड्का र कोइरालाबीच भएको भेटवार्तामा पूर्वसभापति शेरबहादुर देउवानिकट नेता एनपी साउद पनि सहभागी थिए ।