लुम्बिनी सरकार गठनका लागि ओली-प्रचण्डले गरे मसालसँग दुई बुँदे सहमति


काठमाडौं । लुम्बिनी सरकार गठनबारे एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन्।

सहमतिपत्रमा ओली प्रचण्डसहित मसालका महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन्।

लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने पहिलो बुँदामा उल्लेख छ।

दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने भनिएको छ।