काठमाडौं । सत्तारूढ दल रास्वपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामान खरिदमा अनियमितता भएको विषयमा तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।
बुधबार लेखा समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक (आईजीपी)माथि प्रश्न उठिसकेको अवस्थामा पदमै राखेर छानबिन गर्न नहुने बताए।
उनले भने,‘तत्काल छानबिन समिति बनाउनुपर्छ, आरोपित मानिसहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ।’
प्रहरीका लागि खरिद गरिने जुत्ता, मोजा, कपडा तथा अन्य सामग्रीमा अनियमितता हुँदा त्यसको प्रत्यक्ष असर गरिब तथा निम्न वर्गबाट भर्ती भएका प्रहरी र म्यादी प्रहरीमाथि पर्नेउनको भनाइ छ ।




प्रतिक्रिया