एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट थपलियालाई अविश्वासको प्रस्ताव दर्ता


हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट जगन्नाथ (जेएन) थपलियालाई हटाउने भएको छ ।

स्रोतका अनुसार आज एमाले प्रदेश संसदीय दलको कार्यालयमा थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

थपलियालाई हटाएर किरण थापामगरलाई दलको नेता बनाउन केही समय अगाडि नै हस्ताक्षर संकलन भएको स्रोतको दाबी छ ।