काठमाडौं, साउन २८ । नेपाल पत्रकार महासंघले पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिने भएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नामा सहभागी हुन आग्रह गरेका छन् । त्यस्तै, धर्नामा सहभागी हुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आह्वान गरिएको छ ।
नेपाल प्रहरीले बुधबार जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट बिहानै प्रहरीले जनआस्थाको कार्यालयमा समेत खानतलासी गरेको छ। महासंघले श्रेष्ठको पक्राउ र सञ्चारगृहमा गरिएको खानतलासीप्रति आपत्ति जनाउँदै विरोध जनाएको छ।
श्रेष्ठको पक्राउपछि बुधबार राति नै महासंघ अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरूको टोलीले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो। महासंघले श्रेष्ठलाई बिनासर्त रिहा नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।




प्रतिक्रिया